नियम ६
प्रमाणीकरण गर्ने निकायले कायम गर्नु पर्ने सूचना प्रविधि सम्बन्धी गुणस्तर
(१) प्रमाणीकरण गर्ने निकायले कायम गर्नु पर्ने सूचना प्रविधि सम्बन्धी सेवाको गुणस्तरको मापदण्ड नियन्त्रकले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम गुणस्तर नतोकिएको अवस्थामा प्रमाणीकरण गर्ने निकायले कायम गर्नु पर्ने सूचना प्रविधि सम्बन्धी गुणस्तरको मापदण्ड अनुसूची–१ मा तोकिए बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम नियन्त्रकले तोकिदिएको गुणस्तरको मापदण्ड राष्ट्रिय स्तरको कुनै दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सार्वजनिक गर्नु पर्नेछ ।